मेरो नेपाल Meronepal

नेपालको सबैभन्दा बढी पढिने समाचारमूलक र विचारप्रधान नेपाली ब्लग

Friday, January 20, 2006

गिरफ्तारीको विरोधमा भएको पर््रदर्शनबाट एघारजना गिरफ्तार

उदय जीएम
दाङ, ७ माघ ः जिल्लामा क्रियाशील आन्दोलनरत राजनीतिक दलहरुले शुक्रवार सदरमुकाम घोराहीमा आयोजना गरेको विरोध पर््रदर्शनबाट प्रहरीले एघारजना आन्दोलनकारीलाई गिरफ्तार गरेको छ । राजधानीमा सात राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु र मानवअधिकारवादीहरुलाई गिरफ्तार गरिएकोमा विरोध जनाउँदै घोराहीको दामोदरचोकमा नाराबाजी तथा कोणसभा गरिरहँदा उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो ।
गिरफ्तार हुनेहरुमा जिल्ला विकास समिति दाङका पर्ूवउपसभापति खगराज पाण्डेय, जनमोर्चा नेपाल जिल्ला तदर्थ समिति दाङका सदस्य र्सर्ूय पौडेल, माले निकट अखिलका केन्द्रीय सदस्य गणेश केके, एमालेनिकट अखिलका राष्ट्रिय परिषद् सदस्य उपेन्द्र खड्का, लीलामणि गौतम, ठाकुर वली, यमराज वली, राजु न्यौपाने, दीपक न्यौपाने, अमृत बुढा र केशव भुसाल रहेका छन् । उनीहरुलाई सदरमुकामको दामोदरचोकबाट गिरफ्तार गरिएको थियो ।
राजधानीमा राजनीतिज्ञ तथा मानवअधिकारवादीहरुलाई गिरफ्तार र नजरवन्द गरी दिउँसै निषेधाज्ञा जारी गरिएपछि त्यसको विरोधमा दिउँसो ३ बजे विरोधसभाको आयोजना गरिएको थियो । प्रारम्भमा जनमोर्चा नेपाल जिल्ला तदर्थ समिति दाङका सदस्य र्सर्ूय पौडेलले बोलिसकेपछि मालेनिकट अखिलका केन्द्रीय सदस्य गणेश केकेले सम्वोधन गरिरहेका थिए । चोकमा पहिलेदेखि नै सुरक्षाकर्मीहरु तैनाथ गरिएका थिए । चोकमा थप सुरक्षाकर्मीहरु भ्यानमा आइसकेपछि गिरफ्तारीको क्रम शुरु गरिएको थियो ।

0 Comments:

Post a Comment

<< Home