मेरो नेपाल Meronepal

नेपालको सबैभन्दा बढी पढिने समाचारमूलक र विचारप्रधान नेपाली ब्लग

Tuesday, January 24, 2006

गृहमन्त्री थापा सुरक्षानिकायका प्रमुखहरुसहित दाङमा

उदय जीएम

दाङ, ११ माघ ः गृहमन्त्री कमल थापाले आन्दोलनरत सात राजनीतिक दलहरुलाई आन्दोलन चर्काउनेतिर नलागी सहमति र सम्वादमा आउन आग्रह गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीाङले मंगलवार तुलसीपुरको अरनिको मैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले उक्त आग्रह गर्नुभएको हो ।
चुनावी माहोल तयार गर्ने उद्देश्यले आयोजित उक्त सभालाई सम्बोधन गर्न गृहमन्त्री थापा सुरक्षानिकायका प्रमुखहरु र अन्य तीनजना सहायकमन्त्रीहरुलाई लिएर मंगलवार हेलिकोप्टरबाट दाङ आउनु भएको हो । सभालाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री थापाले नगरवासीलाई मतदानमा भाग लिन आग्रह गर्दै भन्नुभयो- 'तपाईंहरु ढुक्क भएर मतदानमा भाग लिनुहोस् । हामी शान्तिसुरक्षाको पूरा व्यवस्था गरेका छौं ।' जनचाहनाअनुसार शान्तिस्थापनाका लागि राजाबाट माघ १९ को कदम चालिबक्सेको दावी गर्दै घाइते प्रजातन्त्रलाई सुदृढ पार्नु, नगरपालिकाको निर्वाचन सम्पन्न गर्न र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउनु नै शाही कदमको उद्देश्य भएको तर्क पेस गर्नुभयो । गृहमन्त्री थापाले आन्दोलनरत दलहरुप्रति अपेक्षाकृत नरम भाषा प्रयोग गर्नुभएको थियो ।
गृहमन्त्री थापासँगै आउनुभएका दाङ निवासी भूमिसुधार तथा व्यवस्था सहायकमन्त्री यज्ञबहादुर बुढाथोकी, महिला, बालबालिका तथा समाजकल्याण सहायक मन्त्री गोल्छे सार्की र विज्ञान तथा प्रविधि सहायकमन्त्री प्रतापराम लोहार र राप्ती अञ्चल प्रशासक ललितबहादुर थापा मगरले पनि सभालाई सम्बोधन गर्नुभएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीाङका अध्यक्ष तथा जिल्ला विकास समिति दाङका मनोनीत सभापति दिनेशबहादुर न्यौपानेको सभापतित्वमा भएको सो सभालाई जिल्ला विकास समिति रोल्पाका मनोनीत सभापति दलवीर पुन र जिल्ला विकास समिति सल्यानका सभापति मनोज श्रेष्ठले पनि सम्बोधन गर्नुभएको थियो । जिल्ला विकास समिति दाङका मनोनीत उपसभापति एवं पार्टर्ीीपाध्यक्ष क्षेत्रबहादुर बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
निर्धारित समयभन्दा २ घण्टा ढिलो प्रारम्भ भएको सभामा गृहमन्त्री थापाले १५ मिनेट छोटो भाषण गर्नुभएको थियो । केही महिनाअघि नेपाली कांग्रेसका महामन्त्री रामचन्द्र पौडेलले सम्बोधन गर्नुुहुने कार्यक्रमलाई निर्वाचन आचारसंहिताको कारण देखाई कार्यक्रम गर्न प्रतिबन्ध लगाई सशस्त्र सुरक्षा घेरामा राखिएको अरनिको मैदानमै गृहमन्त्री थापाले सम्बोधन गर्नुभएको थियो । सभामा जनमानस बढी देखाउन तुलसीपुर वरिपरिका सरकारी तथा निजी विद्यालयहरुबाट अनिवार्य उपस्थितिका लागि प्रशासनले उर्दी जारी गरेको सम्बन्धित शिक्षकहरुले बताएका छन् तापनि जनसहभागिता अत्यन्त न्यून रहेको थियो । सभामा मानिस ल्याउन १२ वटा बसहरु प्रयोग गरिएको बस व्यवसायीहरुले जनाएका छन् भने राप्रपा संस्थापन पक्षका एक नेताले आफूहरुले सभा बहिष्कार गरेको जनाउनु भएको छ ।
गृहमन्त्रीका साथमा तीनजना सहायकमन्त्रीहरु, जनपद प्रहरी महानिरीक्षक श्यामभक्त थापा, सशस्त्र प्रहरी महानिरीक्षक सहवीर थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख देवीराम शर्मा, गृहसचिव बालकृष्ण प्रर्साईं, गृहप्रवक्ता गोपेन्द्रबहादुर पाण्डे, मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख -डीआईजी) श्यामसिंह थापासहितको टोली दाङ आइपुगेको थियो । सभा हुनुअघि राप्ती अञ्चल प्रशासक ललितबहादुर थापा मगर, शाही नेपाली सेनाको १९ नं. बाहिनीपति, प्रमुख जिल्ला अधिकारी प्रतापकुमार पाठक, राप्ती क्षेत्रीय प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक गंगाबहादुर पाण्डे, जिल्ला प्रहरी कार्यालयका प्रमुख घनश्याम भट्टलगायतका सुरक्षानिकायका प्रमुखहरुसँग सुरक्षाबारे गम्भीर छलफल भएको सुरक्षास्रोतले जनाएको छ । त्यसक्रममा सुरक्षानिकायका प्रमुखहरुलाई विशेष निर्देशन दिइएको बताइएको छ । सभालाई सम्बोधन गरिसकेपछि गृहमन्त्री थापाको टोली मंगलवार नै डोटी पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

0 Comments:

Post a Comment

<< Home